गान्तोक: लोकसभा सांसद कार्यालयको तत्वावधानमा तथा प्रेस क्लब अफ सिक्किम र द पोजिट्युडको समन्वयमा आयोजित द क्वेस्ट मासिक कार्यक्रमको दोस्रो चरण आज नरबहादुर भण्डारी डिग्री कलेज तादोङको प्रेक्षागृहमा सम्पन्न भयो। कार्यक्रममा आफ्नो स्वागत सम्बोधन राख्दै लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे। यो क्वेस्ट कार्यक्रमको उद्वेश्य भविष्य निर्माण गर्नु रहेको बताउँदै पहिलो चरणमा उद्यमी तथा उद्यमशीलता विषयमा कार्यक्रम आय़ोजना गरिएको र आजको विषय भने विद्यार्थीहरूप्रति समर्पित सिविल सर्विस विषयमा केन्द्रित रहेको जानकारी गराए। आफ्नो पाँच बर्षको कार्यकालसम्म यो कार्यक्रम निरनन्तर रूपम आयोजना गरिने प्रतिवद्वता जाहेर गर्दै यस कार्यक्रमबाट लाभ उठाउन उपस्थित विध्यार्थीहरूलाई आवहान गरे। कार्यक्रममा सिविल सेवामा उल्लेखनीय उपलब्धि प्राप्त गर्न सफल अधिकारीहरूलाई श्रोतवक्ताको रूपमा आमन्त्रणा गरिएको थियो। जसमा वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चा (आईपीएस), एमएसएमई निर्देशक (आईएफएस)एम रबि कुमार,समाज कल्याण विभागकी सचिव (एससीएस) सारिका प्रधान तथा गान्तोकका जिल्लापाल तुषार जी निखारे (आईएएस) को विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै श्रोतवक्ताहरूले आ-आफ्नो जीवनमा आइपरेका चुनौती र संघर्षका गाथाहरू खुबै रोचक ढंगमा प्रस्तुत गरेर उपस्थित विध्यार्थीहरूलाई जीवनमा आईपर्ने चुनौती एवं संघर्षहरूसित लडेर अघि बढ्न प्रेरित गरे। यस अवसरमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी विध्यार्थी प्रकोष्ठका अध्यक्ष छिरिङ वाङचुक लेप्चा, उपाध्याक्ष भीमकुमारी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।