गान्तोक: प्रि-कन्सेप्सन एण्ड प्रि-नेटल डायग्नोस्टिक टेक्निक ऐन १९९४ बारे राज्य सल्लाहकार समितिको बैठक बस्यो। आज स्वास्थ्य विभागको सचिवालयको कन्फरेन्स हलमा बसेको बैठकमा उपरोक्त विषयमाथि छलफल गरियो। डा. अनुषा लामाको अध्यक्षतामा भएको बैठकमा डा. अनिता भोटिया, डा. डीसी शर्मा, डा. उत्तम खड़का र डा. अकिला नाडिकपाको उपस्थिति रहेको थियो। डा. अनिता भोटियाले अघिल्लो बैठकको कार्यविवरणबारे जानकारी गराए। उनले राज्यभरि अल्ट्रासाउन्ड क्लिनिकहरूको दर्ता र प्रयोग तथ्याङ्कहरूसंगै उक्त ऐनको कार्यान्वयनबारे प्रतिवेदन राखिन्। बैठकमा देश र राज्य स्तरमा बाल लिङ्ग अनुपातको तथ्याङ्कमाथि पनि छलफल भएको थियो। बैठकमा राज्यमा उल्लेखित ऐनको जनचेतना जगाउनका लागि गर्नुपर्ने कार्यहरूबारे पनि छलफल भएको थियो।