दक्षिण कोरियामा भारतका राजदूतसित विधानसभा टोलीको भेट

IMG-20241118-WA0285

गान्तोक: पछिल्ला केही दिनदेखि विभिन्न राष्ट्रको आधिकारिक भ्रमणमा रहेका सिक्किम विधानसभाका अध्यक्ष मिङ्गमा नर्बु शेर्पा र उपाध्यक्ष श्रीमती राजकुमारी थापाले आज दक्षिण कोरियाको राजधानी सियोलमा दक्षिण कोरियामा भारतका राजदूत अमित कुमारसँग शिष्टाचार भेट गरे। भेटवार्ता अवधि सिक्किम विधानसभाका प्रतिनिधि टोलीले राजदूतलाई सिक्किम राज्यमा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा भइरहेका विकासमुखी कार्यहरूबारे जानकारी गराए। राज्यमा विशेष गरेर सड़क सम्पर्क, पर्यटन, शिक्षा र स्वास्थ्यको क्षेत्रमा अधिक काम भइरहेको उनीहरूले जानकारी गराए। विधानसभा अध्यक्ष शेर्पाले राजदूत अमित कुमारलाई सिक्किम भ्रमणमा आउने निमन्त्रणा गरे जसलाई राजदूतले स्विकार गर्दै भविष्यमा सिक्किम आउन इच्छा व्यक्त गरेका छन्।
सियोलको भ्रमणअवधि सिक्किमको प्रतिनिधि टोलीले विभिन्न स्थानको भ्रमण गर्नुको साथै सियोलमा रहँदै आएका भारतीय-सिक्किमे नागरिकहरूसँग रात्रीभोज पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement