सभासद कल्पना प्रधानद्वारा मकैबारी चियाबारी अन्तर्गत थापाथली गाउँको भ्रमण

WhatsApp-Image-2024-11-18-at-20.15.18

खरसाङ: जीटीए पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिकी कार्यकारि सभासद कल्पनाले आइतबार मकैबारी चिया बगान अन्तर्गत थापाथली गाउँको भ्रमण गरिन्। उनले स्थानीय  बासिन्दा तथा विपन्न परिवार आरती राई जसको घरमा आमा बाबा पनि प्यारालाइसिस रहेका छन् भने उनको घरिमुनि पनि पैह्रो गएको छ। यसबारे स्थानीय ग्रामवासीले आरती राईसँग भेट्ने आग्रह गरेपछि सभासद प्रधानले त्यहाँ भेट गरेर निरीक्षण गरिन्l उनले सभासद हुनअघि परिवारलाई सहयोग गरेकी थिइन् यी सबै देखेर विभागीय पक्षलाई जानकारी दिएको जनाएकी छन्l  साथै गाउँमा जडान गरिएको स्ट्रीट लाइट कतिवटा ठाउँमा बद्ली गर्नुपर्ने आवश्थकताबारे पनि जानकारी लिइन्l गाउँ जाने बाटो अफ्ठ्यारो रहेको अवगत गराउँदै तिनले विभागीय पक्षलाई  जडान गर्नका लागि लेखेर दिने वचन दिएको पनि जनाइन्। प्रधानले यस अवधि यहाँ निर्माण भएको सार्वजनिक भवनको निर्माण कार्य खुबै असल ढंगमा भएकोमा सन्तोष प्रकट गर्दै ग्रामवासीलाई बधाई दिइन् भने ग्रामवासीले पनि सभासद र जीटीएका मुख्य कार्यपाललाई धन्यवाद जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement