२८ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा मेचे बस्तीले जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा मेचे बस्तीले समर्पण फाउण्डेशन, खप्रेललाई ३-०-ले पराजित गऱ्यो। म्याचमा २ गोल गर्ने विजेता टीमका रोशन छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो।

अब ४ सेप्टेम्बरको दिन खेलिने फाइनलमा मेचे बस्ती र आमुक्त परिवारबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।