खरसाङ: आकाशवाणी खरसाङका नियमित श्रोताहरू नागरी फार्म र खरसाङको चित्रेबाट आकाशवाणी खरसाङ भ्रमणमा आएका थिए। आकाशवाणी खरसाङलाई नियमित रूपमा सुनेर माया गर्ने श्रोताहरू नागरी फार्मबाट शान्ता तामाङको अगुवाईमा आएका थिए। नागरीबाट उनीबाहेक बिजय थापा, सामदेन तामाङ, प्रह्लाद राई अनि खरसाङको चित्रेबाट अर्का नियमित श्रोता साहिल देवान पनि आएका थिए। नियमित श्रोताहरूले आकाशावाणी भ्रमणमा आएको समय आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आले, प्रसारण निष्पादकहरू क्रमैले योजना मोहोरा, मनन तामाङ, मिङ्कमा दोर्जे लामा, लेखनाथ राई, वरिष्ठ उदघोषक उमेश कार्कीढोली लगायत उदघोषक उदघोषिकाहरू साथै समाचार वाचक वाचिकहरूले स्वागत जनाए। यस अवसरमा श्रोताहरूको टोलीले आकाशवाणी खरसाङको कार्यालय, समाचार एकांश, प्रसारण कार्यालय, स्टुडियो सबै भ्रमण गरे। यसावधि श्रोताहरूको टोलीसित आकाशवाणी खरसाङको अधिकारीहरू र उदघोषक उदघोषिकाहरूद्वारा स्वागत कार्यक्रम राखिएको थियो भने कार्यक्रम रेकर्ड पनि गरिएको छ।

आकाशवाणी खरसाङको भ्रमण साथै साक्षात् रूपमा भेटघाट गरेपछि श्रोताहरूले खुशी व्यक्त गर्दै आकाशवाणी खरसाङको नियमित श्रोता रहेको र आकाशवाणी खरसाङको माया लाग्ने बताएका छन्। यस क्रममा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले आकाशवाणी खरसाङका नियमित श्रोताहरुद्वारा गरिएको आजको आकाशवाणी खरसाङको भ्रमणलाई श्रोताहरुको माया रहेको बताए। उनले भने, ‘श्रोताहरु छन् र नै हामी छौं, हामीले सदैव श्रोताहरुको स्वर सुन्ने गर्थ्यौंl उनीहरुसित सौहार्दपूर्ण वातावरणमा भेटघाटसहित स्वागत कार्यक्रम सम्पन्न गरिएको जानकारी उनले गराएका छन्। यसका साथै श्रोताहरुसित भलाकुसारी गर्दै कार्यक्रम पनि रेकर्ड गरिएको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले बताए। त्यसरी नै श्रोताहरूको तर्फबाट नागरीबाट आएका शान्ता तामाङ र प्रह्लाद राईले आकाशवाणी खरसाङको भ्रमण गर्न पाएर खुशी लागेको बताएका। दुवैले भने, ‘हामी नियमित रुपमा आकाशवाणी खरसाङ सुन्ने गरेका छौंl’ सबै कार्यक्रम सुनेर राम्रो लाग्ने गरेको साथै आज आकाशवाणी खरसाङमा आएर भ्रमण साथै सबैसित साक्षात् रूपमा भेट्न पाएर खुशी लागेको, र यस्तो भेटघाट भविष्यमा पनि निरन्तर रुपमा रहोस् भन्ने कामना उनले गरे। यस क्रममा उदघोषक उदघोषिकाहरूका पक्षमा विश्व सुब्बा र ईसारा लामाले आकाशवाणी खरसाङको नियमित श्रोताहरुद्वारा भ्रमण गरिएको कारणले धेरै खुशी लागेको बताएl ‘यसरी पहिलोपल्ट श्रोताहरुसितको भेटघाटले हामी सबैमा नयाँ जोश र जाँगर पलाएको छ’, उनीहरूले भने। दुवैले साबि उदघोषक उदघोषिकाहरुका तर्फबाट नियमित श्रोताहरुद्वारा भ्रमण गरिएकोमा धन्यवाद ज्ञापन गरे।