सिलगढी: आम मानिसले असाधारण दृश्य देखे। घटना मुरलीगञ्ज नायक चेक प्वाइन्टमा भएको हो। विधाननगर ट्राफिक पुलिसले आज बस चालक, ट्रक चालक र टोटो चालकहरुको आँखा परीक्षण तथा स्वास्थ्य परिक्षण गरेको छ। बस यात्रु र सर्वसाधारण स्तब्ध भए। आँखामा समस्या भएका धेरै चालकलाई नि:शुल्क चस्मा दिइयो। मुरलीगञ्ज स्कूलका प्रिन्सिपल समसुल आलमले पहिलो पटक यो दृश्य देखेपछि पुलिसलाई हौसला दिए।
