जलपाईगढी: खानाको खोजीमा राशन पसलमा हात्तीले हमला गरेको छ। सोमबार बिहान हात्तीको एउटा समूह जलपाईगढीको नगरकाटा ब्लकको बामनडांगा चिया बगानमा प्रवेश गर्यो। त्यसपछि हात्तीले चिया बगानको रासन पसलमा हमला गर्यो। राशन पसलको गोदाममा क्षति पुगेको छ। हात्तीले गोदाममा राखिएको खाद्यान्न नष्ट गरेको छ। गोदाममा तोडफोड गर्नुका साथै चिया बगान परिसरमा हात्ती पसेपछि केही समय आतंक मच्चियो। हात्तीले केही समयसम्म त्यस क्षेत्रमा उपद्रो जारी राख्यो। स्थानीय बासिन्दाको तारा खाएपछि दठाल हात्ती चियाबारी हुँदै जंगल छाडे। अर्कोतर्फ आइतबार राति नगरकाटा पुलिस चौकी इलाका नजिकैको हात्तीको आक्रमणबाट एक घरमा क्षति पुगेको छ।