सिलगढी: भ्रष्टाचारमा पक्राउ पर्नेको संख्या क्रमशः बढ्दै गएको छ। सोमबार बिहान कोलकाता पुलिसले सिलगढी भक्तिनगर थाना क्षेत्रबाट तीन आरोपीलाई पक्राउ गरेको छ। यसै दिन सेभोक रोडस्थित कस्मस सपिङ मल अगाडिबाट दिवाकर दास (२८) नामका प्राथमिक शिक्षकलाई पक्राउ गरियो। उनीसँगै गोपाल रोय (२८), विशाल ढाली (२३) नामका दुई जना पनि पक्राउ परेका छन्। दिवाकर दास (२८) नामका एक प्राथमिक विद्यालयका शिक्षकलाई आज बिहान सिलगढीको सेभोक रोडमा रहेको कस्मस शपिङ मलको अगाडि पक्राउ गरिएको छ। उनीसँगै गोपाल रोय (२८), विशाल ढाली (२३) पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिवाकर दासको घर उत्तर दिनाजपुर जिल्लाको चोपडामा रहेको छ। बाँकी दुईको घर दार्जीलिङ बताइएको छ। कोलकाता पुलिसले उनलाई पक्राउ गरी पहिले भक्तिनगर पुलिस चौकीमा ल्याएको थियो। त्यसपछि कोलकाता लगियो। अर्कोतर्फ, दिनहाटा प्राथमिक विद्यालयका शिक्षक मनोजित बर्मन (३०) लाई आइतबार मालदा पुलिसले पक्राउ गरेको छ। यो उल्लेखनीय छ, १९११ विद्यार्थी ट्याब घोटालाको शिकार भएका थिए। कोलकाता पुलिसले भ्रष्टाचारको जरा पत्ता लगाउन एसआईटी गठन गरिसकेको छ। पुलिसको प्रारम्भिक आशंका अनुसार विद्यालयको सर्भर ह्याक गरेर वा पोर्टलको पासवर्ड चोरेर यो अपराध गरेको छ। छानबिन शुरु भएसँगै एकपछि अर्को नाम आउन थाल्यो। यस दिन सिलगढीबाट एक प्राथमिक विद्यालयका शिक्षक सहित तीन जनालाई पक्राउ गरिएको थियो। उनलाई सिलगढीबाट कोलकाता लगिएको छ।