२८ अगस्तः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा जलपाइगढ़ी पुलिसले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। सिमुलबारी खेल मैदानमा आइतवार खेलिएको पूल बी-को म्याचमा जलपाइगढ़ी पुलिसले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट शुभंकर रोय र रोनी रोयले गोल गरे। शुभंकर रोयलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र बीएसके बलराम, जलपाइगढ़ीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।