मोरीगाउँ(असम): मोरीगाउँ जिल्ला अधिनस्थ धरमतुल थानाको थेरागुड़ीस्थित राष्ट्रिय राजमार्ग-३७ मा हाइ वे मा कपडा लादिएको ट्रकमा लागेको हो।आगलागी भएको ट्रक (एनएल-०७ए-११५८)- मा कपड़ा लादिएको थियो। ट्रक गुवाहाटीदेखि डिमापुर तर्फ गइरहेको थियो। यसरी बाटोमै ट्रकमा आगलागी भएपछि सड़कका दुवैतिर वाहनहरूको लामेताँत लाग्यो। पछि फायर ब्रिगेडका वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण गरे। ट्रकमा राखिएको सबै कपड़ा आगोले नष्ट भयो। तथापि यस दुर्घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार प्राप्त भएको छैन।