उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हवाई हमलामा हालसम्म ३४ जनाको मृत्यु भएको छ। स्थानीय नागरिक सुरक्षा निकायले सो जानकारी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समाचार अनुसार आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा सात जना घाइते भएका छन्। इजरायली सेनाले हमासलाई पुन: संगठित हुन नदिन उत्तरी गाजामा आक्रमण गरिरहेको बताएको छ। इजरायली आक्रमणका कारण विगत पाँच हप्तामा १.२५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। इजरायलमा हमासले ७ अक्टोबरमा हमला गरेको थियो र त्यसमा १,२०० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीका कारण गाजामा हालसम्म ४४ हजार मानिसले ज्यान गुमाएका छन्।
१९