जिरीबाम(मणिपुर): मणिपुरको जिरीबाममा भएको गोलीबारीमा एक व्यक्तिको मृत्यु भयो।मणिपुरको जिरीबाम जिल्लामा सुरक्षाबलहरू र सम्पत्तिको तोड़फोड़ गरिरहेको भीड़बीच झड़पमा भएको गोलीबारीमा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
पुलिसले मृत्युको पुष्टि गर्दै भनेको छ, गोली कसले चलायो, अहिले यो स्पष्ट भएको छैन। यो घटना आइतवार अबेर राति त्यस समय घट्यो जब उग्रवादीहरूद्वारा अपहरण गरिएका महिलाहरू र नानीहरूको हत्याको विरोधमा जिरीबाम थाना क्षेत्रको बाबूपारामा प्रदर्शनकारीहरूद्वारा सम्पत्तिको तोड़फोड़ गरिन्दैथियो। मृतक युवकको पहिचान २० वर्षीय अथौबाको रूपमा गरिएको छ। जिरीबाममा भारी संख्यामा सुरक्षाबलहरूलाई तैनात गरिएको छ।