धुबड़ी (असम):: बिलासीपाराको टोकराबांधा नटेयामा एक महिलाको अर्द्धगलित लाश भेटिएको छ। एक महिनाअघि निर्दयतापूर्वक महिलाको हत्या गरी खाल्डोमा पुरिेएको थियो।
महिलाको आधा सड़िएको लाश आज भेटाइएको छ। टोकराबांधा पहाड़मा गुवाहाटी, बिलासीपारा औ चापर थाना पुलिसको निगरानीमा जेसीबीले खनन गरेर माटो मुनिबाट लाश निकाल्यो। मृतकाको पहिचान रमेना खातून (दक्षिण सालमारा, मानकचर, पाटाकाटा)- को रूपमा भएको छ। जानकारी अनुसार रमेना खातूनको विवाह चार वर्षअघि टोकाराबांधा गाउँको रफिकुल इस्लाम नामक युवकसित भएको थियो। विवाहपछि रफिकुल गुवाहाटीमै टोटो चलाउँदै आइरहेका थिए। पछि पति-पत्नी नै लटरीको खेलमा सामेल भए। रमेना पछिल्लो एक महिनादेखिकै बेपत्ता भएकी थिइन्। गुवाहाटी पुलिसले रमेनाको हत्याको मामिलामा रफिकुलका भाइ हफिजुल इस्लाम सहित केही मानिसहरूलाई हिरासतमा लिएको छ। हत्याका मुख्य आरोपी रफिकुल इस्लाम भागेको छ।