नक्सलबारीमा शान्तिनगर रासमेलाको उद्घाटन

Capture2-8

नक्सलबारी: नक्सलबारीको शान्तिनगर रासमेला युवा संघ समितिको संञ्चालनमा आइतबारदेखि १८ दिने रासमेलाको उद्घाटन गरिएको छ। यो मेला डिसेम्बर ३ सम्म सन्चालन हुनेछ ।शान्तिनगर रासमेलाको आइतबार राति सिलगढी महकुमा परिषद् अध्यक्ष अरुण घोषले उद्घाटन गरेका थिए। कार्यक्रममा नक्सलबारी पञ्चायत समितिका कार्यवाहक अध्यक्ष पृथ्वीश राय र विराज सरकार, पञ्चायतका अध्यक्ष गौतम घोष, नक्सलबारी व्यवसायी समितिका महासचिव नरेन्द्र प्रसाद लगायत रासमेला समितिका सदस्यहरुको उपस्थिति रहेको थियो। यस रासमेलामा १३१ वटा मूर्तिको साथमा बाउलगीत, मनसा मंगल यात्राको आयोजना गरिएको थियो। यस मेलामा नक्सलबारी र वरिपरिका क्षेत्रबाट मानिसहरु आउने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement