कृषि तथा किसान कल्याण केन्द्रीय राज्य मन्त्रीले गरे मंगनको भ्रमण

00-1-Mangan-Sikkim-5

मंगन: भारत सरकारका कृषि तथा किसान कल्याण राज्य मन्त्री रामनाथ ठाकुरले आज “पूर्वोत्तर सम्पर्क सेतु” (पीएसएस) का लागि मंगनको भ्रमण गरे। उल्लेखनीय छ, पीएसएस एक सशक्त उपकरण हो, जसले उत्तर-पूर्व क्षेत्र (एनईआर) मा केन्द्रीय मन्त्रीहरूको १५ दिने भ्रमणको निगरानीलाई सरल र प्रभावकारी बनाउने उद्देश्य राखेको छ। यसले निम्न सुविधाहरू प्रदान गर्दछ: ड्यासबोर्डले राज्यअनुसार/जिल्लाअनुसार उत्तर-पूर्व क्षेत्रमा संघीय मन्त्रीहरूको भ्रमणसम्बन्धी महत्वपूर्ण जानकारी र ग्राफिकल विवरण प्रदान गर्दछ, जसलाई सबै सरोकारवालाहरूले एउटै स्थानबाट उपयोग गर्न सक्छन्। पोर्टलले आगामी महिनाहरूमा उत्तर-पूर्व क्षेत्रको भ्रमणका लागि मनोनयन गर्न सकिने मन्त्रीहरूको व्यवस्थित सूची तयार गर्दछ।

भ्रमणपश्चात, केन्द्रीय राज्य मन्त्रीले आफ्ना भ्रमण प्रतिवेदन तथा सिफारिसहरू अनलाइन मार्फत पेश गर्न सक्छन्। एमडीओएनईआरले ती सिफारिसहरूको विश्लेषण गरेपछि सम्बन्धित लाइन मन्त्रालय/विभाग/राज्य सरकारहरूलाई छिटो कार्यान्वयनका लागि अगाडि पठाउन सक्छ। पोर्टलले एक क्लिकमा भ्रमणको संक्षिप्त प्रतिवेदन पनि तयार गर्दछ। केन्द्रीय राज्य मन्त्रीलाई मंगनस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा अनन्त जैन (आईएएस), मंगनका जिल्ला अधिकारी, मणि कुमार तामाङ, मंगनका अतिरिक्त पुलिस अधीक्षक, र अन्य अधिकारीहरूले स्वागत जनाए। मन्त्रीसँगै कमलेश कुमार मिश्रा (मन्त्रीका अतिरिक्त निजी सचिव) र अशुतोष कुमार (मन्त्रीका निजी सचिव) पनि उपस्थित थिए। मन्त्रीले त्यसपछि डीएसी मंगनको निर्वाचन सम्मेलन कक्षमा विभिन्न विभागका प्रमुख अधिकारीहरू, अफिसरहरू र कर्मचारीहरूसँग भेटघाट गरे।

आफ्नो सम्बोधनमा मन्त्रीले जिल्ला कार्यालय प्रमुखहरूलाई जिल्लाको उन्नतिका लागि काम गर्न र सबै बाँकी कामहरू सकेसम्म छिटो सम्पन्न गर्न निर्देशन दिए। साथै, उनले नयाँ वर्षको अग्रिम शुभकामना जनाए। यसअघि, मंगनका जिल्ला कलेक्टरले स्वागत सम्भाषणमा जिल्लामा संचालन गरिएका कार्यक्रमहरू र गतिविधिहरूबारे छोटो जानकारी प्रस्तुत गरे। कृषि, बागवानी, स्वास्थ्य तथा परिवार कल्याण, मत्स्य निदेशालय, शिक्षा, जल स्रोत, ग्रामीण विकास, पशुपालन तथा भेट्नेरी सेवा, महिला तथा बाल विकास, सार्वजनिक स्वास्थ्य इन्जिनियरिङ, सहकारी र सामाजिक कल्याण विभागका कार्यालय प्रमुखहरू तथा प्रतिनिधिहरूले केन्द्रीय राज्य मन्त्रीलाई आफ्नो सम्बन्धित विभागअन्तर्गत जिल्लामा संचालित केन्द्रीय अनुदान प्राप्त योजनाहरूको अवस्थाबारे विस्तृत पावरपोइन्ट प्रस्तुति दिए।

केन्द्रीय राज्य मन्त्रीले नयाँ निर्माण गरिएको जिल्ला अस्पतालको छोटो भ्रमण पनि गरे। त्यसपछि उनी कृषि विज्ञान केन्द्र (केभीके) मंगनतर्फ गए, उनले विभिन्न विभागहरूले राखेका स्टलहरूको अवलोकन गरेl त्यहाँ उनले किसानहरू तथा केभीकेका अधिकारीहरूसँग अन्तरक्रिया गरे। अन्तरक्रियाका क्रममा मन्त्रीले प्राकृतिक खेतीको महत्त्वमाथि जोड दिए, र किसानहरूलाई व्यावसायिक रूपमा खेती गर्न आग्रह गरे। साथै उनले किसानहरूलाई कृषि उपकरणका टोकन र हाँसका चल्लाहरू वितरण गरे। त्यसपछि, मन्त्रीले नागाको विपद प्रभावित क्षेत्रको पनि छोटो भ्रमण गरे। उनले स्थानीय बासिन्दा र वार्ड पञ्चायतका सदस्यहरूसँग भेटघाट गरे अनि सम्बन्धित विभागका अधिकारीहरूसँग आकलन प्रतिवेदन र वर्तमान अवस्थाबारे चर्चा गरे। -आईपीआर  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement