सिलगढी: पुलिसले फेरि एक पटक गाँजाको तस्करीलाई विफल बनाएको छ। फाँसीदेवाको घोषपुकुर टोल प्लाजा नजिकै दक्षिण बंगाल राज्य यातायात निगमको बसमा छापा मारेर १६ किलो ५०० ग्राम गाँजा बरामद भएको छ। आइतबार राति गोप्य स्रोतबाट सूचना पाएपछि विधाननगर अनुसन्धान केन्द्र र घोषपुकुर चौकीको पुलिसले फाँसीदेवाको घोषपुकुर नजिकैको टोल प्लाजामा छापा मारेर सिलगढीबाट कोलकाता जाँदै गरेको दक्षिण बंगाल राज्य यातायात निगमको बसमा छापा मारेको हो। सो बसमा एक झोलाको खोजी गर्दा १६ किलो ५०० ग्राम गाँजा बरामद भयो। पक्राउ परेका बस चालकको नाम देब्लु चक्रवर्ती रहेको र उनी नादियाका बासिन्दा हुन्। सोमबार आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।