विद्यार्थी मार्न पाईँदैन भन्दै इटहरी उपमहानगर अघि बिद्यार्थीहरुको बिरोध प्रदर्शन जारी

IMG-20241118-WA0183

सुनसरी: इटहरीमा बसको ठक्करबाट हिजो मृत्यु भएकी सजना यादवको न्यायको माग गर्दै विद्यार्थीहरूले आज इटहरीमा बिरोध प्रदर्शन गरेका छन्।

इटहरीको जनता माविमा कक्षा ९ मा अध्ययनरत यादवलाई बसले ठक्कर दिएर मृत्यु भएपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले जुलुस निकालेर इटहरी उपमहानगर अघि अहिले प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनको क्रममा विद्यार्थीहरूले विद्यार्थी मार्न पाईँदैन, हाम्रो माग पूरा गर, ट्राफिक नियम पालना गर लगायतका नारा लगाइरहेका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement