काठमांडू: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुङगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्। आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताए।