गुरुङ समुदायको ‘पाउँदुरे नाँच’ जगेर्ना गर्न शुरु गर्दै

IMG-20241118-WA0129

तनहुँ (नेपाल): तनहुँ जिल्ला स्थित ब्यास नगरपालिकाको तमु सुधार समाजले गुरुङ जातिको सास्कृतिक नाँच ‘पाउँदुरे नाँच’ जगेर्ना गर्न शुरु गरेको छ l गुरुङ समुदायको लोकप्रिय ‘पाउँदुरे नाँच’ लोप हुन थालेपछि यसको संरक्षणका लागि गुरुङ समूहका अगुवाहरु सक्रिय हुन थालेका छन्l पुराना पुस्ता सकिँदै गएको अवस्थामा पाका पुस्ताको पहलमा ‘पाउँदुरे नाँच ‘देखाउने र युवाहरुलाई सिकाउने गरेका छन्l  गुरुङ समाजका अध्यक्ष मान बहादुर गुरुङका अनुसार ‘सदियौ पुरानो यो सास्कृतिक नाँच पछिल्लो पुस्ताले चासो नदिएकै कारण यो नाँच लोप हुँन लागेको होl यसको संरक्षण गर्न समुदायका अग्रजहरु सक्रियताका साथ अहिले लागी परेका छन्l  उनले सामान्यतया  पाउँदुरे नाँच्न तीन जना चाहिन्छl दुई जना मारुनी अनिवार्य होl केटा मानिसलाई मारुनी बनाउँदा केटी मानिसले पहिरिने लुगाहरु सिगार्नु पर्छl एक समूहमा कम्तिमा दुई जना मादल बजाउन जान्ने मानिस अनिवार्य चाहिन्छ र गीत गाउन जति भएपनि हुन्छl पाउँदुरे नाँच्दै आएको टेक बहादुर गुरुङ भन्छन्, ‘हामी पाका पुस्ताले यो नाँचलाई आजसम्म संरक्षण गरियोl हाम्रो पहिचान र परम्परा सकिन नहुने हुँदा यो नाँच नाँच्ने र गाउने गीतमा देवी देवतालाई पुजेर लगाएर गीत गाउने गरिन्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement