रेडपाण्डा संरक्षणमा सहयोग  पुर्याउने किसानलाई सोलर प्यानल वितरण

IMG-20241118-WA0051

फुङलिङ (नेपाल): ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रमा रहेका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलर प्यानल’ वितरण गरेको छ। वन्यजन्तुमैत्री वातावरण बनाउने उदेश्यका साथ सो क्षेत्रका पशुपालकलाई गोठ व्यवस्थापनमा सहयोग गर्न र कुकुर नियन्त्रण गर्नेका लागि रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएको हो। मञ्चका कार्यक्रम संयोजक रमेश राईले हर्कटे गोपाला समूहमा आबद्ध ११ घुम्ती गोठका किसानलाई रु० १३ हजार बराबरका ११ वटा सोलार प्यानल प्रदान गरिएको बताए। हर्कटे रेड पाण्डाको मुख्य बासस्थान भएको क्षेत्र हो,त्यहाँका रेड पाण्डालाई राति अन्य जीवजन्तुद्वारा हुने आक्रमणबाट जोगाउन  सोलार प्यानल वितरण गरिएको समेत बताए। लामो समयदेखि गोठमा अन्धकारमा बसेका पशुपालक किसान सोलार प्यानल पाएपछि उत्साहित देखिएका छन्।  ६५ वर्षसम्म अन्धकारमा बसेर समय बितायौँ, आज आफुहरु उज्यालोमा बस्न पाउँदा अत्यन्तै खुशी भएको स्थानीय पशुपालक किसान बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement