नेपाल: विद्युत विकास विभागले १४ वटा आयोजनाको विद्युत अनुमतिपत्र जारी गर्यो

IMG-20241118-WA0052

काठमाडौं: नेपालमा ऊर्जा विकासको क्षेत्रमा  महत्वपूर्ण रुपले समन्वय भूमिकामा रहेको विद्युत विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। विभागका महानिर्देशक नवीनराज सिंहले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको  यो विभागले जलविद्युत आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको बताएका छन्। उनले विभागले जलविद्युततर्फ सातवटा आयोजनाको अनुमतिपत्र प्रदान गरेको बताए। ती आयोजनाको कुल क्षमता ६९ दशमलव दुई मेगावाट रहेको छ। सौर्य ऊर्जातर्फ दुईवटा आयोजनाको कुल ४० मेगावाट बराबरको जडित क्षमता रहेको बताउँछन्। सो विभागको वायु ऊर्जातर्फ एक आयोजनाको कुल १० मेगावाट बराबरको क्षमता रहेको जनाएको छ। यसरी कुल १० वटा आयोजनाको एक सय १९ दशमलव दुई मेगावाट जडित क्षमताको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र जारी गरिएको बताए।

विभागले जलविद्युत तर्फ चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र जारी गरिको छ। सो आयोजनाको कुल क्षमता दुई सय १० रहेको छ। यस्तै, अन्य १२ वटा आयोजनालाई पनि उत्पादन अनुमतिपत्र प्रदान गरिएको छ। ती आयोजनाको क्षमता तीन सय ५३ दशमलव दुई मेगावाट छ। सौर्य ऊर्जातर्फ दुई आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको र तिनको कुल क्षमता १७ दशमलव तीन मेगावाट रहेको जनाइएको छ। यसबीचमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको छ।

प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको ५६ दशमलव ४५ सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको दुई सय १० दशमलव ९५ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको एक सय २५ दशमलव एक सर्किट किलोमिटर, चार सय केभी क्षमताको २९ दशमलव ३७ सर्किट किलोमिटर गरी कुल २२ वटा विद्युत प्रसारणको सर्वेक्षण अनुमतिपत्रसमेत जारी गरेको महानिर्देशक सिंहले जानकारी गराए। त्यस्तै, प्रसारण लाइनतर्फ ३३ केभी क्षमताको २३ दशमलव पाँच सर्किट किलोमिटर, एक सय ३२ केभी क्षमताको १९ दशमलव आठ सर्किट किलोमिटर, दुई सय २० केभी क्षमताको १२ दशमलव एक सर्किट किलोमिटर र चार सय केभी क्षमताको पाँच सर्किट किलोमिटर गरी कुल सातवटा विद्युत प्रसारण लाइनको अनुमतिपत्र जारी गरिएको समेत उनले बताए। विभागका अनुसार वितरण लाइनतर्फ ३३ केभी क्षमताको कुल ८३ सर्किट किलोमिटर हुने सातवटा विद्युत वितरणतर्फको अनुमतिपत्र जारी  भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement