काठमांडू: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु खुला प्रतिस्पर्धाबाट छनोट गर्न प्रस्ताव राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्थामा छलफलमा छ। छलफलमा कतिपय सांसदले सेवा निवृत्त निजामती कर्मचारीलाई अख्तियारमा लैजान नहुने मत राखेका छन्। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने खुला प्रतिस्पर्धाबाट छान्ने विधि उपयुक्त हुनसक्ने बताए।