सिलगढी: एसयुसीआई युवा नेता तन्मय मुखर्जीको २८ अगस्त २००० मा मृत्यु भएको थियो। तिनको हत्या गरिएको हो भन्ने संगठनको अनुमान रहेको छ भने तिनको हत्याको मामिला हालसम्म विचाराधीन छ। एसयुसीआईले तिनको मृत्युको दिनलाई सहिद दिवसको रूपमा मनाउँदै आइरहेको छ। यसैले प्रत्येक वर्ष झैँ यस वर्ष पनि दार्जिलिङ जिल्ला एसयुसीआई को तर्फबाट तन्मय मुखर्जीको २२औँ सहिद दिवस पालन गरियो। यस अवसरमा जिल्ला सचिव गौतम भट्टाचार्य लगायत अन्य नेतृत्वहरूले सहिद वेदीमा माल्यार्पण गरेर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे।