भद्रपुर: अभिनेत्री अंजना बाराइली चलचित्र ‘डोरी’मा अनुबंध भएकि छिन्। उनले प्रमुख भूमिकामा अभिनय गरेकि पहिलो चलचित्र ‘महा पुरुष ‘, दोस्रो चलचित्र ‘पुजार सार्की ‘र ‘पूर्णबहादुरको सारंगी ‘ मा प्रशस्त चर्चा बटुलिएकि अंजनाले ‘डोरी ‘मा पनि शीर्ष भूमिकामा रहेर अभिनय गर्ने छिन्।
अंजनासंगै सो चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबंध भएका छन्। जी सेभेन प्रोडक्शन ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा प्राबिन ख़तिवड़ा, शिशिर वाङदेल, कविता आले, राज पोड़ैल, बिशाल राई, मिलन राई, नूतन र बिरेन्द्रसिंह कुशवाहको अभिनय रहने निर्देशक अरुण लामाले बताए।