न्यूजील्याण्डविरुद्ध १२ सालपछि वनडे सीरीज जित्न सफल भयो श्रीलंका

IMG-20241118-WA0149

पल्लेकेले: श्रीलंकाले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा न्यूजील्याण्डलाई ३ विकेटले पराजित गऱ्यो। यस रोमाञ्चक जीतको साथ आयोजक श्रीलंकाले ३ वटा वनडे म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यो श्रीलंकाको न्यूजील्याण्डविरुद्ध २०१२ पछि पहिलो वनडे सीरीज जीत हो। १२ सालको अन्तरालपछि श्रीलंकालाई न्यूजील्याण्डविरुद्ध सीरीज जीत दिलाउनमा विकेटकीपर ब्याटर कुसाल मेण्डिसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ७४ रनको म्याच जिताउने ईनिंग्स खेले। पल्लेकेले इण्टरनेशनल क्रिकेट स्टेडियममा आइतवार राति टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्ड ४५.१ ओभरमा २०९ रन बनाएर अलआउट भयो। न्यूजील्याण्डलाई खराब शुरुवातपछि मार्क चापम्यानले सम्हाले। चौथो नम्बरमा ब्याटिंग गर्दै चापम्यानले न्यूजील्याण्डको तर्फबाट सर्वाधिक ७६ रन बनाए। उनले ८१ बल खेलेर ७ वटा चौका र ३ वटा छक्का लगाए। चापम्यानले पाँचौं विकेटको निम्ति विकेटकीपर मिचेल हे-सँग ७५ रनको पार्टनरशीप गरे पनि श्रीलंकाका बलरहरूले लगातार विकेट हासिल गरी न्यूजील्याण्डलाई पूरा ५० ओभर खेल्न दिएन। हे-ले ६२ बलमा ४९ रन बनाए। उनले ४ वटा चौका लगाए। श्रीलंकाका बलरहरूमा महीष तीक्ष्णा र जेफ्री वेन्दरसेले ३-३ विकेट लिए।
जवाफमा श्रीलंकाले मेण्डिसको अविजित अर्द्धशतकको सहायताले ४६ ओभरमा ७ विकेटमा २१० रन बनाएर म्याच जित्यो। श्रीलंकाले पनि शुरुदेखि नै लगातार अन्तरालमा विकेट गुमायो तर मेण्डिसले अन्तसम्म क्रीजमा अडिग रहेर टीमलाई जीत दिलाए। मेण्डिसले १०२ बल खेलेर ६ वटा चौका लगाए। एक समय १६३ रनमा ७ विकेटको पतन भए पनि मेण्डिस र तीक्ष्णाले आठौं विकेटको निम्ति ४७ रनको अटूट पार्टनरशीप गरी आफ्नो टीमलाई जीत दिलाए। तीक्ष्णाले अविजित २७ रन बनाए। यसबाहेक पाथुम निस्संकाले २८ र जनिथ लियानागेले २२ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा माइकल ब्रेसवेलले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement