एटीपी फाइनल्सः फ्रिट्जलाई पराजित गरी खिताब जिते सिनरले

IMG-20241118-WA0131

तूरिन: इटलीका यानिक सिनरले अमेरिकाका टेलर फ्रिट्जलाई सीधा सेटमा ६-४, ६-४-ले पराजित गरी सालको अन्तिम टेनिस टुर्नामेण्ट एटीपी फाइनल्सको खिताब जिते। विश्वका शीर्ष ८ जना खेलाड़ीबीच खेलिने यस प्रतिष्ठित टुर्नामेण्टमा च्याम्पियन बन्ने सिनर इटलीका पहिलो खेलाड़ी हुन्। विश्वका नम्बर एक खेलाड़ी सिनरले यस साल अष्ट्रेलियन ओपन र यूएस ओपनको खिताब पनि जितेका थिए। यसपाली उनले आफ्नो घरेलु समर्थकहरू अघि खेल्दै एटीपी फाइनल्सको ट्रफी पनि जिते। उनले यस टुर्नामेण्टको अवधि नै विश्वका नम्बर एक खेलाड़ीको ट्रफी पनि ग्रहण गरेका थिए। सिनर र फ्रिट्जबीच यो हालका महिनाहरूमा तेस्रो म्याच थियो अनि यसमा इटलीको खेलाड़ीले तीनैवटा म्याच जितेका छन्। यी दुई खेलाड़ीबीच नै यूएस ओपनको फाइनल पनि खेलिएको थियो। एटीपी फाइनल्सको ग्रुप चरणमा पनि यी दुई खेलाड़ीहरूबीच भिड़न्त भएको थियो अनि त्यस समय पनि सिनरले ६-४, ६-४-ले जीत हासिल गरेका थिए। फाइनलमा सिनरलाई स्थानीय दर्शकहरूबाट भरपूर समर्थन प्राप्त भयो। उनले दुवै सेटमा फ्रिट्जको सर्विस १-१ पल्ट तोड़े।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement