गान्तोक: पाकिम जिल्लाकाे आरिटार अन्तर्गत लामपोखरीमा हिजोदेखि शुरू भएको दुई दिवसीय साहित्यिक महोत्सवको आज समापन भयो। समापन कार्यक्रममा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।स्थानीय प्रतिभाहरूलाई प्रोत्साहन गर्नका साथै उनीहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित पहिलो दिनको कार्यक्रमको उद्घाटन कृषि मन्त्री पुरण गुरूङले गरेका थिए। पाकिम जिल्ला प्रशासनिक केन्द्रको पहलमा आयोजित यस कार्यक्रमले नशामुक्त भारत, नशामुक्त सिक्किम, बेटी बचाऔं बेटी पढाऔलाई बल दिॅंदै सिक्किम भारतको २२औं राज्य बनेको स्वर्ण जयन्ती मनाएको बताइएको छ। उनले स्थानीय लेखकहरूलाई प्रवर्द्धन गर्न, क्षेत्रीय साहित्यलाई बलियो बनाउन उनीहरूको कृतिहरू विद्यालयको पुस्तकालयमा पुऱ्याउन पहल गर्ने वचन दिए। उनले आगामी वर्षहरुमा पनि यस प्रकारको उत्सव आयोजना गरिने कुरामा विश्वास व्यक्त गरे। यसै क्रममा पूर्व मन्त्री एवम् मुख्यमन्त्रीका सल्लाहाकार विष्णु कुमार खतिवडाले विद्यार्थीहरूलाई नयाँ विचार साथै मञ्च प्रदान गर्ने उद्देश्यले यस महोत्सव आयोजना गरिएको बताए। विशेष गरेर युवावर्गको विचार र मस्तिष्कलाई प्रेरित गर्न विद्यालयहरूमा यस्ता कार्यक्रमहरू आयोजना गर्न उनले प्रोत्साहित गरे।