महिला तथा नानीहरूलाई नयाँ लुगा, शैक्षिक सामग्री प्रदान

नक्सलबारी: आज आजमाबाद चियाकमानका नक्सलबारीमा दुहिता संगठनको तर्फबाट महिला तथा नानीहरूलाई नयाँ लुगाफाटा, स्कुल ब्याग, शैक्षिक सामग्री र भोजन वितरण गरियो। यसको साथै महिलाहरूलाई मासिक धर्म सम्बन्धी बिमारीहरूबारे जागरूक गराइयो। यस अवसरमा पद्मश्री करीमुल हक, आरके जैन, आजमाबाद कमानका म्यानेजर सञ्जय दासगुप्त, सुखविन्दर सिंह बाजवा, संगठनका प्रधान दुर्बा चट्टोपाध्याय लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा करीमुल हकले भने, सबैभन्दा ठुलो धर्म समाजलाई साथमा लिएर अघि बढ्नु हो। उक्त कार्यक्रममा आएर आफूलाई निक्कै खुसी लाग्यो। अर्कोतिर, संगठनका दुर्बा चट्टोपाध्यायले भने, दुहिताको यात्रा आजबाट सुरु भयो। आजमाबाद कमानका महिला तथा नानीहरू समस्यामा परेको खण्डमा आफूहरू सदैव साथमा रहनेछौँ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement