घुम्ती चियाबारीमा भईरहेको फुटबल टुर्नामेन्टको उपाधि चुपाचुप घुम्तीको झोलीमा

IMG-20241117-WA0251

खरसाङ: खरसाङ महकुमा अन्तर्गत घुम्ती चियाबारीमा भईरहेको फुटबल टुर्नामेन्टको फाइनल खेल आज सम्पन्न भएको छ। उक्त फुटबल टुर्नामेन्टको फाइनल खेल निखिल सेभेन महानदी बजार र चुपाचुप घुम्ती चियाबारीमाझ सम्पन्न भएको छ। उक्त टुर्नामेन्टको फाईनलमा निर्धारित समयसम्म २-२ गोलमा बराबरीमा खेल समाप्त भएपछि खेलको परिणाम पेनल्टी शुट आउटमा प्राप्त भएको छ। पेनल्टीमा चुपाचुप घुम्ती चियाबारीले ४-३ को अन्तरले निखिल सेभेन महानदी बजारलाई पराजित गरी उपाधि जितेको छ। उक्त फुटबल टुर्नामेन्टको उपाधि जित्ने टिमलाई ट्रफिसहित नगदराशि पचास हजार र उप विजेता दललाई ट्रफिसहित नगदराशि तीस हजार प्रदान गरिएको जानकारी प्राप्त भएको छ। घुम्ती ग्राम सुधार समिति स्पोट्स कमिटीको आयोजनामा सम्पन्न उक्त फुटबल टुर्नामेन्ट गत १५ सेप्टेम्बरदेखि शुरु भएको थियो जसमा २८ वटा दलहरूले भाग लिएका थिए।

आजको फाईनल खेलमा मुख्य अतिथिको रूपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा साथै घुम्ती चियाबारीको प्रबन्धकद्वय एसके चौधरी र निमारण उपस्थित रहेका थिए। यस फुटबल टुर्नामेन्टको फाइनल खेलना आयोजित कार्यक्रमलाई प्रवीण दर्नालले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement