पाकिम: सिक्किम सरकारको खेलकुद विभागअन्तर्गत स्पोर्टस एकाडेमीका लागि फुटबल खेलाड़ीहरुको चयन प्रक्रिया शुरु भयो। यसअन्तर्गत १६ वर्ष मुनिका केटाहरूको लागि जिल्ला स्तरीय छनोट ट्रायल गरिएको हो। सेन्ट जेभियर्स स्कूल ग्राउन्डमा छनोट प्रक्रिया शुरु भएको छ। छनोट ट्रायलका लागि कुल ९२ विद्यार्थीले नाम दर्ता गरेका थिए। जसमध्ये पाल्जोर स्टेडियम गान्तोकमा २२ र २३ दिसम्बरमा हुने राज्यस्तरीय ट्रायलका लागि १४ खेलाडी छनोट भएका छन्। छनोट टोलीमा विभागीय संयुक्त निर्देशक जिग्मी लेप्चा र गान्तोक मुख्यालयका प्रशिक्षकहरू थिए। यस अवसरमा जिल्ला कार्यालयका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।