पाकिम: भारत सरकारका कृषि राज्यमन्त्री रामनाथ ठाकुर तीन दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगे। सड़कमार्ग भएर सिक्किम आउने क्रममा आज बिहान रम्फूको टुरिस्ट फेसिलिटेसन सेन्टरमा उनलाई सिक्किम सरकारको गृह विभागका सहायक प्रोटोकल अफिसर गोपाल पाठकले स्वागत जनाए। केन्द्रीय मन्त्री ठाकुर आगामी १९ नोभेम्बरसम्म सिक्किममा रहनेछन्। यस अवधि उनले मंगनमा आयोजना हुने पूर्वोत्तर सम्पर्क सेतु कार्यक्रममा सहभागिता जनाउने छन्।