सुनसरी: इटहरीको जनता माध्यमिक विद्यालयकी छात्रा सम्झना यादवलाई बसले ठक्कर दिदा मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत खनारमा प्रदेश नागरिक यातायातले ठक्कर दिएपछि कक्षा-९ मा अध्ययनरत छात्रा यादवको मृत्यु भएको हो। ठक्कर दिएर भाग्न खोजेको अवस्थामा बसलाई स्थानीय जनताले नियन्त्रणमा लिएर खनार चौकमा आगजनी गरे। स्थिति तनावग्रस्त बन्दै गएपछि नियन्त्रण लिन खोज्दा एक प्रहरी समेत घाइते भएका छन्। आज साँझ साढे ४ बजे भएको सो घटना पछि खनार चौकको अवस्था तनावग्रस्त बन्न पुगेको थियो। बस चालकलाई इलाका पुलिस कार्यालय इटहरीबाट खटिएका पुलिस टोलीले नियन्त्रणमा लिएको छ। पुलिसका अनुसार दमकल लगायत अन्य सवारीसाधनमा पनि क्षति पुर्याएका छन्।