जलपाईगढी: बाबुको एक वर्ष अघि दुर्घटनामा मृत्यु भएको थियो अनि आमाले दैनिक ज्याला मजदुरी गरेर परिवार चलाइन्। पैसाको अभावमा जलपाईगढी शहर नजिकै दुई बालिकाको पढाइ रोकियो। मुण्डापाडा बस्तीमा रहेको परिवारको घर पुगेपछि प्रशासनले दुई बालिकाको पढाइको पूर्ण जिम्मेवारी लियो। जलपाईगढी सदरका बीडीओ मिहिर कर्माकर अधिकारीहरूसहित त्यो घर पुगे। परिवारसँग कुरा गरे। त्यसपछि उनले ती दुई छात्राको पढाइको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिइरहेको बताए। हाल दुवै छात्राको पढाइको खर्च प्रशासनले बेहोरिरहेको बीडीओले बताए। यसपछि उनीहरुलाई मिशन वत्सल्य योजना अन्तर्गत मासिक ४ हजार रुपियाँ भत्ता दिने व्यवस्था मिलाइएको छ। दुवै छात्राका आमाले विधवा भत्ता पाउँदैनन्। त्यो भत्ता पाउन प्रशासनिक पहल भइरहेको छ। प्रशासनले जलपाईगढी सदर ब्लकमा थप आठ विद्यार्थीको शिक्षाको जिम्मेवारी लिएको छ।