एउटा जंगली हात्ती कुवामा फस्यो

IMG-20240717-WA0003

गोलाघाट(असम): गोलाघाट जिल्ला अन्तर्गत मरंगीको दुई नम्बर बालीजान काठनी बस्तीमा कुवामा फसेका जंगली हात्तीलाई वन विभागले स्थानीय मानिसहरूको सहयोगमा बाहिर निकाल्ने पूर्ण प्रयास गरिरहेको छ।पुलिस एवं वन विभागले आइतवार बतायो, जंगली हात्तीको एक झुण्ड गए राति क्षेत्रमा खाद्यवस्तुको खोजीमा आएको थियो। यसै अवधि एउटा हात्ती लामो समयदेखिकै प्रयोग नगरिएको एउटा कुवामा पस्यो।जानकारी पाउनसाथ वन विभागको एक टीम घटनास्थलमा पुग्यो। विभागले स्थानीय मानिसहरूको सहयोगमा जंगली हात्तीलाई कुवाबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ। अन्तिम सूचना पाउँदासम्म पनि हात्तीलाईकुवाबाट निकालिएको थिएन। अर्कोतिर हात्तीहरूको झुण्ड गाउँको नजिकै रहेको कारणले गाउँमा भयको वातावारण छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement