भागोप्रपाले आफै बोक्सी आफै झाँक्री भएर श्रमिकहरूको हक र अधिकार संग खेलिरहेका छन्: भुपेन गुरुङ

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ती मोर्चा खर्साङ ब्राञ्च कमिटी प्रचार प्रसार सचिव भूपेन्द्र गुरुङले बिज्ञप्ति जारी गर्दै भनेका छन् कि पहाड़को दशवटा चियाबारीहरू जो दार्जिलिङ र्ओग्यानिक टी कम्पनी लिमिटेड अन्तर्गत पर्दछन् आज ती चियाबारीहरू विगत बाह्रा तेरह दिनदेखि बन्द छ। उक्त चियाबारीहरू बन्द डाक्नु एक दिन अघाड़ी लालकोठीमा जीटीए अध्यक्ष अनित थापा, दार्जीलिङ जिल्ला शासक, डीटीए सचिव सन्दिप चौधरी, चियाबारी मालिक पक्ष र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन नेतृत्वहरू सभा बसेका थिए। उक्त सभाको बिषय के थियो, सभामा के छलफल गरियो र सभामा पहाड़को अन्य दलहरूलाई किन निम्ताएन त भन्ने जनचासोको कुनै स्पष्टीकरण नदिई अचानक दार्जिलिङ र्ओग्यानिक टी कम्पनी लिमिटेड अधिनस्थ चियाबारीहरू श्रमिकहरूलाई नजनाई भागोप्रपाले बन्द डाके। बन्द डाकेपछि कम्पनीले श्रमिकहरूको रोजको बकाय राशि चाँड़ै प्रदान गर्नुपर्छ भन्दै सड़कमा श्रमिकहरूलाई उतारेर नारा जुलुस र धर्ना शुरू गरे जो आजपर्यन्त जारी छ। यहाँ जनताले भागोप्रपालाई आफै बोक्सी आफै झाँक्री भएर उफ्रेको देखिरहेकोछ किनकि भागोप्रपाले चियाबारीको सबै पक्ष र जिल्ला शासकसमेत बसेको बैठकबाट निस्केर बन्द डाक्नु भनेको बैठकमा बस्नेहरूको आपसी मेलमिलापमा नै गरिएको काम हो भन्ने प्रबल आशंका उब्जन्छ। यहाँ बन्दले श्रमिकहरूलाईभन्दा धेर मालिक पक्ष र बन्द डाक्ने राजनैतिक दललाई फायदा हुने देखिन्छ। यदि बन्द नै डाक्नु हो भने पत्तिको मौसममा बन्द डाके मालिक पक्षलाई दवाब हुने साथै आर्थिक हानि पनि थियो तर पत्तिको मौसम सकेर बेमौसममा चियाबारीहरू बन्द गर्नु मालिकपक्षलाई नै फायदा पुग्नु हो कारण बन्द भएको दिनहरूको रोज मालिकले श्रमिकहरूलाई कुनै पनि हालतमा दिँदैन अब एकदिनको दुइसय रूपियाँको दरले कम्तिको पनि दशवटा चियाबारीहरूमा दश हजार श्रमिकहरुको रोज एकदिनको कति रूपियाँ हुन्छ त्यो मालिकलाई फायदा हो र कति दिन बन्द हुन्छ र बन्द अवधिभरीको करोड़ रूपियाँ मालिकको निम्ति बचाईदिन्छ अर्को तर्फ अब यो चाड़बाड़को समयमा श्रमिकहरू हात रित्तो त भयो नै साथै यो बन्दले श्रमिकहरूको दशैंको बोनसमा पनि प्रभाव पर्नेछ र बोनसमा पनि मालिकपक्षलाई नै फायदा दिने काम हुनेछ। अर्कोतिर भोलीको दिनमा आजको बन्द बिषय लिएर श्रमिकहरूलाई बकाय राशि सतप्रतिशत नदिएर आधा या तीनपावा राशि दिने तय गरेर मालिक पक्षसंग नेगोसिएसन् हुने नै छ त्यतिबेला अहिले आफै बोक्सी आफै झाँक्री भएर उफ्रिने दलले श्रेय लिएर फायदा उठाउने छ। पहाड़ र पहाड़बासीको यही नै विडम्बना हो आफूले दश धारा पसिना बगाएर गरेको श्रमको ज्याला पाउनको निम्ति राजनैतिक दलको झण्डा बोकेर सड़कमा नारा लगाउँदै धर्ना बस्नुपर्ने त्यसमा पनि धेर फायदा मालिक र राजनैतिक दलले नै पाउने। यस्तो हुनुमा जनताको पनि कतै न कता दोष छ आज पहाड़मा संचालित व्यवस्था जनताले स्वीकार गर्नु हुदैन थियो कारण पहाड़मा संचालित व्यवस्था जीटीए असंवैधानिक र क्षमताहीन छ।आज पहाड़मा श्रमिकहरुले काम गरेको पैसा नदिने मालिकलाई जेल हाल्न सक्ने क्षमता भएको र श्रमिकहरुको अधिकार हनन् गर्ने चियाबारी मालिकको जमीनको लीज खारेज गर्न सक्ने क्षमता भएको सशक्त र सवैधानिक व्यवस्था पहाड़मा हुनु पर्ने थियो। पहाड़मा २००७ मा छैटौं अनुसूची जस्तो सवैधानिक र पूर्ण क्षमता भएको व्यवस्थाको विरोध गर्दै सुबास घिसिङभन्दा जान्ने हुनु खोज्ने नेताहरूको कारणले पहाड़ र गोर्खाजातिको यो हालत भएको हो। आज दशवटा चियाबारीहरू बिषय जुलुस धर्नामा भागोप्रपा नेताहरूले अन्य दलका नेताहरु काँहा छ भन्दै गोर्खा राष्ट्रिय मुक्ती मोर्चा अध्यक्ष श्रीमान मन घिसिङ पनि खै भन्छ भने, हामी बताँउछौ मन घिसिङ काँहा छ भनेर,मन घिसिङ तिमीहरूले २००७ देखि लथालिंङ परेको पहाड़ र जातिलाई दूरस्त पार्न पहाड़मा चियाबारीहरूको समस्या, कुइनेन बयानको समस्या, बन बस्तीको समस्या, शिक्षा क्षेत्रको समस्या, स्वस्थ्य क्षेत्रको समस्या, पहाड़मा बेरोजगारीको समस्या, शहरी क्षेत्र र आम गोर्खाको आर्थिक समस्याहरूको समाधान एकै ठाउँबाट सधैको निम्ति गराउन सक्षम भएको सवैधानिक र क्षमताशील व्यवस्था पहाड़मा भित्राउनको निम्ति लागीपरेका छन् जसमा गोर्खाजातिको राजनैतिक सुरक्षा पनि होस। पहाड़ले पनि मन घिसिङलाई नै हेरिरहेको छ। अब पहाड़मा श्रमिकहरुदेखि लिएर प्रत्येक तहका मानिसहरू राजनितीको मोहोरा हुनु हुँदैन। नेताहरूको लोलोपोतोमा नअलमलीएर साँचो र सत्य बुझेर अघि आउनु पर्ने आव्हान गरेका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement