सुकेपोखरी अनि गोरुबथानमा नयाँ अग्निशमन केन्द्र हुने
दार्जीलिङ: दार्जिलिङ पहाड़मा रहेका अग्निशमन केन्द्रहरुको आधिकारिक छड्के भ्रमणमा पश्चिम बंगालका अग्नि अनि आपतकालीन सेवा मन्त्री सुजित बोस आज दार्जिलिङ आइपुगेका छन्। दार्जिलिङ गईरहेको समय उनले शुरुमा खरसाङमा रहेको अग्नि शमन केन्द्रको भ्रमण पनि गरेका छन्। राज्यको मन्त्री खरसाङ अग्नि शमन केन्द्रमा केही झण उत्रेको समय खरसाङमा अग्निशमन केन्द्रद्वारा स्वागत गरिएको थियो। त्यसपछि उनी दार्जिलिङ गएका थिए। उनी दार्जिलिङ अग्निशमन केन्द्रमा पुग्दा स्वागत जनाइएको थियो।
यसावधि उनको परिवारका सदस्यहरू उपस्थित रहेका थिए। यसावधि राज्यको अग्नि शमन अनि आपतकालीन सेवा मन्त्री सुजित बोसले सुकेपोखरी अनि गोरुबथान क्षेत्रमा नयाँ अग्निशमन केन्द्र निर्माण हुने जानकारी गराएका छन्।यसबाहेक सोनादा अनि तकदाहमा यस्ता स्टेशन खडा गरिनु पर्ने प्रस्तावबारे भोलि उत्तरकन्यामा हुने बैठक अवधि छलफल गरिने उनले थप बताएका छन्। यसबीच अग्निशमन केन्द्रहरुको आधिकारिक छड्के भ्रमणमा दार्जीलिङ आइपुगेका सुजित बोस जिल्ला प्रशासनसित बैठक बस्ने जानकारी छ। यसअवधि उनले खरसाङ अनि दार्जीलिङको डाली अग्निशमन केन्द्रको निरीक्षण अधिकारीहरूसित कुराकानी गरे। भोलि उत्तर कन्यामा उत्तरबङ्गाल क्षेत्रभरिका स्टेशन अधिकारीहरुलाई लिएर समीक्षा सभामा उनले भाग लिने बताइएको छ।