रगंबुल सहकारी समितिकाे आयोजनामा ७१औं स्थापना दिवस समारोह सम्पन्न

IMG-20241117-WA0195

सोनादा: रगंबुल सहकारी समिति अनि अफिस अफ नर्थेर्न जोन सिलगढी, वेस्ट बंगाल सहकारी संघकाे आयोजनामा ७१औं सहकारी सप्ताह बंगला डाँडा सार्वजनिक भवनमा पालन गरिएको छ।विकासहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिकाे रूपमा को-अपरेटिभ डेभलपमेन्ट अफिसर पाल्देन ज्ञाम्तशो डुकपा उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिमा सरगम बराइली, काे-अपरेटिभ जिल्ला शिक्षा निर्देशककाे विशेष उपस्थिति रहेको थियो। सर्वप्रथम मुख्य अतिथिद्वारा काे-अपरेटिभ झण्डा उत्तोलन गरियो। यस कार्यक्रममा आशारिका फाउन्डेशनको सभापति रित्विक तामाङ, देवनचन्द्र प्रधान को -ओपरेटिभ अफिसर, पञ्चायत सदस्यहरु साथै रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, रंगबुल उच्चतर माध्यमिक विद्यालयको को-ओपरेटिभ सदस्य रुपेश छेत्री, रंगबुल समाजको सभापति-सचिव र तितेपाती बहुउद्देश्य सहकारी समितिको सदस्यहरु साथै नानीहरुको अभिभावकवर्गहरु उपस्थित थिए। यस अवसरमा सांस्कृतिक कार्यक्रमसँगै दशौं कक्षादेखि मुनिको नानीहरूको निम्ति बस अनि चित्र बनाऊ प्रतियोगिता पनि गरियो जसमा 38 जना नानीहरूले भाग लिएका थिए। जसमा प्रथम स्थानमा प्रतिज्ञा रिन्जी श्रेष्ठ रंगबुल उच्चतर माध्यामिक विद्यालय, दोस्रो स्थानमा अविनाश गिरी आनन्द संघबाट, तेस्रो स्थानमा यङकित लेप्चा सीधालाइन परिवार समाजबाट भएका छन्। विजेता नानीहरूलाई ट्रफी अनि पारितोषक वितरण गरियो अनि सबै नानीहरूलाई मेडल अनि पारितोषक प्रदान गरियो।कार्यक्रममा बंगला डाँडा सुनाखरी संघको तर्फबाट निर्देशवर छेत्री र जेडेन डुक्पा रंगबुल कोठीडाँडा सेवा समितिबाट याङछेन लेप्चा, सिधाईलाइन परिवार समाजबाट प्रतिभा ठाकुरी र अलिशा शंकर भूतपूर्व रंगबूलको विद्यार्थीहरूद्वारा नेपाली गीतहरु प्रस्तुति गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन विकासहाङ सुब्बाले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement