आसनसोलमा जारी मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फुटबल टुर्नामेण्टको उपाधि यूकेएफसी खरसाङको झोलीमा

IMG-20241117-WA0189

खरसाङ: आसनसोलमा जारी मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फुटबल टुर्नामेण्टको उपाधि यूकेएफसी खरसाङले जितेको छ। युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले फाईनल खेलमा पेनल्टी शुट आउटमा रोमाञ्चक जीत हाँसिल गरी आसनसोलमा जारी फुटबल टुर्नामेण्टको उपाधि जितेको छ। दोमोहनी इलेवेनद्वारा आसनसोलमा आयोजित मानिक उपाध्याय अनि पप्पु उपाध्याय मेमोरियल नक आउट फुटबल टुर्नामेण्ट अन्तर्गत आईतबार खेलिएको फाइनल म्याचमा निलाञ्जना फुटबल क्लब आसनसोललाई पराजित गरी उपाधि जितेको हो।
यस फाईनल खेलको निर्धारित समयसम्म खेल बराबरीमा समाप्त भएको थियो अनि फाईनल खेलको परिणाम पेनल्टी शुट आउटमा प्राप्त भएको छ। उक्त पेनल्टी शुट आउटमा ७-६ को अन्तरालले खेल जितेर युकेएफसीले उपाधि जितेको छ। यस फाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको साथै पेनल्टी शुट आउटमा सेभ गर्ने युकेएफसीको गोलकिपर रूपक कोया म्यान अफ् द म्याच चयन भएका छन्। त्यसरी नै यस टुर्नामेन्टभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने युकेएफसीको खेलाड़ी जर्सी नम्बर ५ सिजल राई म्यान अफ् द टुर्नामेन्ट चयन भएका छन्।
उल्लेखनीय छ युनाईटेड खरसाङ फुटबल क्लबले लामो समयदेखि स्थानीय फुटबल खेलाड़ीहरूलाई व्यवसायिक फुटबल खेलमा प्रोत्साहन गर्दै आईरहेको छ। युकेएफसीले विशेष गरेर भोकल फर लोकल भन्ने युक्तिलाई चरितार्थ पार्दै स्थानीय फुटबल खेलाड़ीहरूलाई लिएर फुटबल खेलिरहेका छन्। आसनसोलमा सम्पन्न फुटबल टुर्नामेन्ट टके उपाधि युकेएफसीको झोलीमा अझ एउटा उपलब्धि थपिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement