कोचबिहार र सिलगढी बीच रेल चलाउने माग उठायो आपले

IMG-20241117-WA0176

कोचबिहार: आम आदमी पार्टीले कोचबिहारको नयाँ कोचबिहार स्टेशन मास्टर मार्फत अलिपुरद्वारको डीआरएमलाई कोचबिहारबाट सिलगढीसम्म लोकल रेलहरू चलाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझायो। उनीहरूको दाबी अनुसार, ठूलो संख्यामा मानिसहरू कोचबिहारबाट सिलगढीसम्म नियमित यात्रा गर्छन्। ‘कोही व्यापारका लागि, कोही अध्ययनका लागि र कोही उपचारका लागि सिलगढी आउने–जाने गर्छन्  कोचबिहारबाट हरेक दिन स्थानीय यात्रु रेल सिलगढीको लागि छुट्छ र सिलगढीबाट कोचबिहारसम्म साँझ आउने व्यवस्था छ भने अधिकांश मानिसहरूलाई धेरै फाइदा हुनेछ। तसर्थ, हामी आशा गर्छौं कि हाम्रो माग स्वीकार गरिनेछ र कोचबिहारदेखि सिलगढीसम्म लोकल रेलको व्यवस्था गरिनेछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement