चार नम्बर समष्टिमा हाम्रो नारी शक्ति समूहको गठन

दार्जीलिङ: सदर ४ नम्बर समष्टिमा हाम्रो नारी शक्ति समुहको गठन। उद्रय सेवा संघ भवनमा हाम्रो नारी शक्ति समुहको सभा सम्पन्न भयो। पेमिला दोर्जे भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा केन्द्रीय उपाध्यक्ष साङगे भोटियाँ विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै केन्द्रीय महासचिव एंव प्रबक्ता बन्दना मंगर, कोषाध्यक्ष विनिता सुब्बा, कार्यकारी सदस्य रेनु प्रधान, पेमा शेर्पा, रूवी तार्गेन, देविका याल्मो,याङजी शेर्पा, क्षेत्रिया सभासद रूवेन दास प्रधान,नगरपार्षद विष्णु मल्ल आदि उपस्थित रहेका थिए।सभामा पहाडको बर्तमान राजनैतिक स्थिति अनि पार्टीको कार्य योजनाहरूमाथि गहन चर्चा परिचर्चा गरिएपछि पार्टी एंव संगठनलाई दरिलो बनाउन ४ नम्बर समष्टिमा हाम्रो नारी शक्ति समूहको गठन भयो। जसमा सर्वसमति अनुरूप प्रिया प्रधानलाई अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष पेमा तामाङ, पासाङ डोमा, महासचिव रूविना जोशी, सहसचिव रिछेन तामाङ, रेखा प्रधान चयन गरियो।त्यसरी नै प्रमुख सल्लाकारहरूमा जमूना राई, मीनु प्रधानलाई चयन गरियो। त्यसै गरी कार्यकारिणी सदस्यहरूमा हिमा राई, रिचा राई, शान्ता छेत्री, मन्जरी घिमिरे, सृजना तामाङ,अम्ना खातून, नम्रता राई, बन्दना गुरूङ, सन्चमीत लामा, नीरू राईलाई चयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement