मालदा ट्याब घोटालामा अर्का एक जना पक्राउ

IMG-20241117-WA0169

मालदा: मालदा ट्याब घोटाला मामिलामा अर्को पक्राउ परेको छ। मालदाको हबीबपुर थाना अन्तर्गत केन्द्रपुकुर हाई स्कूलको ट्याब घोटालाको मामलामा हबीबपुर पुलिस स्टेशनले दिनहाटा थाना क्षेत्रका एक प्राथमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार उनी दिनहाटा सीताईमारी राज्य वनस्पति प्राथमिक विद्यालयका शिक्षक हुन्। आरोपी शिक्षकको नाम मनोजित बर्मन बताइएको छ भने उनको घर दिनहटा क्षेत्रमा छ। मनोजित बर्मनको विभिन्न ब्यांकमा करिब २० वटा खाता रहेको बुझिएको छ, जसमध्ये करिब आठ वटा खातामा रकम कारोबार भएको समाचार छ। हबीबपुर पुलिस स्टेशनले उनलाई मेडिकल जाँच पछि मालदा जिल्ला अदालतमा पेश गर्नेछ। साथै उनलाई १० दिन हिरासतमा राख्न अदालतलाई आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement