बक्सा पहाडमा डुक्पा संस्कृति महोत्सव सम्पन्न

img-1

अलिपुरद्वार:: डुक्पा जातिको संस्कृति झल्काउने उद्देश्यले बक्सा पहाडमा डुक्पा संस्कृति महोत्सव सुरु भएको छ। यो पर्व तीन दिनसम्म चल्ने छ। मेलामा बक्सा पहाडका १३ गाउँका डुक्पा समुदायका बासिन्दाको सहभागिता रहेको छ। पर्यटकको ध्यानाकर्षण गर्न र डुक्पा संस्कृतिबारे सबैलाई सचेत गराउन डुक्पा नृत्य, डुक्पा गीत, धनुर्विद्या प्रतियोगिता लगायतका कार्यक्रम पनि आयोजना गरिएको छ। हिजो डुक्पा जातिको विभिन्न खाद्य प्रतियोगिताहरु आयोजना गरिएको थियो। आज आर्चरी प्रतियोगिता आयोजना गरिएको छ। यस किसिमको कार्यक्रमले बक्सा पहाडको पर्यटनलाई अझै फराकिलो बनाउने स्थानीयको विश्वास छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement