अलिपुरद्वारको राष्ट्रिय राजमार्ग नम्बर ३१ मा दुईवटा बस एक आपसमा ठोक्किए, ३६ घाइते

IMG-20241101-WA0164

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको शमुकतला थाना अन्तर्गतको राष्ट्रिय राजमार्ग नम्बर ३१ को चलताला क्षेत्रमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। गुजरातका ९० पर्यटक दुईवटा बसमा गुवाहाटीको कामाख्या मन्दिर गएका थिए। कामाख्याबाट एउटा बस देवघर र अर्को बस गंगासागर जाँदै थियो।
गएराति राष्ट्रिय राजमार्ग नं ३१ को चलताला क्षेत्रमा गंगासागर जाँदै गरेको बसबअचानक ब्रेक लगाएका कारण देवघरको बसले अगाडिको बसलाई ठक्कर दिएको थियो। जसका कारण मध्यरातमा सुतिरहेको अवस्थामा बस दुर्घटना हुँदा करिब ३६ जना घाइते भएका छन्। घटना पछि, घाइतेहरूलाई उद्धार गरी पहिले स्थानीय ग्रामीण अस्पताल र त्यसपछि अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारको लागि ल्याइएको थियो।प्राथमिक उपचारपछि जिल्ला अस्पतालबाट १२ जना डिस्चार्ज भएका छन्। हाल अलिपुरद्वार जिल्ला अस्पतालमा १८ महिला र ६ पुरुषको उपचार भइरहेको छ। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबै गुजरातको अहमदाबाद क्षेत्रका बासिन्दा हुन्। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement