चोरेको सुनको चेनसहित अर्का एक जना पक्राउ

IMG-20241117-WA0162-copy

सिलगढी: मतिगढा  पुलिस चौकीले फेरी अर्को ठूलो सफलता हात पारेको छ। पुलिसले लुटिएको १० ग्राम सुन बरामद गरेको छ। मतिगढा  पुलिस चौकी इलाका तुम्बाजोटामा गत महिना २३ तारिख बिहान शिखा चौधरी नामक महिला मॉर्निङ वाकमा निस्किएकी थिइन्। त्यसपछि मोटरसाइकलमा आएर दुई युवकले महिलाको सुनको चेन चोरेर फरार भएका थिए। घटनापछि उनले सिलगढी मेट्रोपोलिटन पुलिस कार्यालय मतिगढा पुलिस चौकीमा लिखित उजुरी दिएकी थिइन्।

गत महिना २७ तारिख गणेश घोष नामका युवक पक्राउ परेका थिए। पक्राउ परेकासँग सोधपुछ गरेपछि पुलिसले यस घटनामा चोरी भएको सुनको चेन दोस्रो अभियुक्त सहदेव रायसँग रहेको थाहा पाएको थियो। गणेश घोषलाई पक्राउ गरेपछि रोय फरार भएका थिए। अन्ततः शनिबार राति फरार अभियुक्त सहदेव राय पाटी कालोनी इलाकामा रहेको सुनको पसलमा सुनको चेन पगाउन गएपछि गोप्य स्रोतको आधारमा मतिगढा  पुलिस चौकीले छापा मारेर उनलाई पक्राउ गर्यो। चोरीको सुनको चेनसहित पक्राउ परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement