हल्दिबारी शहरको विद्यालयमा पनि ट्याब घोटाला?

IMG-20241117-WA0158

कोचबिहार: सीमावर्ती शहर हल्दीबारी क्षेत्रमा यस पटक ठगीको घटना बाहिर आएको छ। कोचबिहार जिल्लाको हल्दीबारी ब्लकमा विद्यालयका विद्यार्थीको खातामा जम्मा गर्नुको सट्टा अन्य खातामा ट्याबको पैसा जम्मा भएको आरोप छ। हल्दिबारी गर्ल्स स्कूल र दिवानगञ्ज हाई स्कूलका धेरै विद्यार्थीको ट्याबको पैसा आफ्नो खातामा जम्मा नगरी अन्य खातामा देखाइएको आरोप छ। यो पैसा मालदा, उत्तर दिनाजपुर लगायत धेरै जिल्लाका विभिन्न खातामा आएको छ। विद्यालयले हल्दिबारी प्रहरी चौकीमा लिखित उजुरी दिएको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ। सोही क्रममा हल्दिबारी निवासी तथा पूर्व विधायक अर्घ्य राई प्रधानले पूर्ण छानबिन हुनुपर्ने बताए। दिवानगञ्ज हाई स्कूलका निमित्त प्रधानाध्यापक कमल कान्ति रायले केही व्यक्तिले खाता ह्याक गरी रकम हिनामिना गरेको भन्दै पुलिस  चौकीमा सम्पर्क गरेको बताए। यता कैयौं विद्यार्थीले आफ्नो खातामा रकम जम्मा नभएको बताइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement