एसी मिलानले जिते पनि इण्टरको हार

२८ अगस्तः इटालियन सेरि ए फूटबल लीगमा एसी मिलानले जीत हासिल गरे पनि इण्टर मिलान चाहिँ हारको सम्मुखीन भयो। यसरी नै युभेण्टस चाहिँ ड्र-मा अल्झियो। शनिवार राति खेलिएको म्याचमा एसी मिलानले बोलोग्नालाई २-०-ले पराजित गऱ्यो। म्याचमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट राफाएल लिओले २१औं र अनुभवी ओलिविएर गिरोडले ५८औं मिनटमा गोल गरे। यस जीतको साथै एसी मिलान ३ वटा म्याचमा ७ पोइण्टको साथ गोल अन्तरको आधारमा सेरि ए टेबलको शीर्ष स्थानमा पुग्यो। यसबीच इण्टर मिलान चाहिँ लाजियो विरुद्ध ३-१-ले हारको सम्मुखीन भयो। म्याचमा लाजियोबाट फेलिपे एण्डरसनले ४०औं, लुइस अल्बर्टोले ७५औं र पेड्रोले ८६औं मिनटमा गोल गरे। इण्टरबाट एकमात्र गोल लौटारो मार्टिनेजले ५१औं मिनटमा गोल गरे। यस जीतपछि लाजियो ७ पोइण्टको साथ दोस्रो स्थानमा पुग्यो। यसरी नै छैटौं स्थानमा रहने इण्टरसँग ६ पोइण्ट रहेको छ। युभेण्टस चाहिँ रोमा विरुद्ध १-१-को ड्र-मा रोकियो। म्याचमा डुसाल भ्लाहोविचले दोस्रो मिनटमै बढ़त दिलाए पनि युभेण्टसले त्यसलाई कायम राख्न सकेन। टेमी अब्राहमले ६९औं मिनटमा गोल गरी रोमालाई १-१-को बराबरीमा पुऱ्याए। रोमा अहिले ७ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसरी नै सातौं स्थानमा रहने युभेण्टससँग ५ पोइण्ट रहेको छ। सेरि ए-का अन्य एउटा म्याचमा टोरिनोले क्रेमोनेसेलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement