बिर्तामोड़ :झापा बिर्तामोड २ स्थित रामचोककमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ। ट्रकको ठक्करबाट स्कुटर चालक शिवसताक्षी-७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रकले ठक्कर दिएपछि दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भएकि उनलाई बिर्तासिटी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा शनिवार राति ८ः१५ बजे उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।