मृत भेटिएको महिलाको अनुसन्धान प्रहरीबाट हुने

IMG-20240629-WA0057-copy-1

पाल्पा: पाल्पाको रामपुर नगरपालिका बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत भेटिएकी छिन्।
मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए। शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका क्रममा रामपुर अस्पताल लगिएको थियो। तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए।
सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मल्लले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement