लमजुङ: बेबारिसे अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबारशाहवंश राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँशहरमा अहिले बेबारिसे अवस्थामा रहेको छ। निर्माणाधीन अबस्थामा रहेको सो लमजुङ दरबार केही बर्षदेखि निर्माण कार्य रोकिन जादा बेबा रिसे बनेको हो। सोह्रौँ शताब्दीमा बनेको मानिने उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरेपनि अहिले निर्माणकार्य रोकिएको छ।